धितोपत्र बजारमा गिरावट, नेप्से २४.०८ अंकले घटेर २५१४.३९ को विन्दुमा


ज्ञानमाण्डू।साताको दोस्रो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ०८ अंकले घटेर २५१४ दशमलव ३९ को विन्दुमा कायम भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ७९ अंकले घटेर ४४८ दशमलव ८० को विन्दुमा पुगेको छ ।


आज कूल २११ कम्पनीका १ कोरोड ९ लाख ३१ हजार ३५८ कित्ता शेयर रु ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ मा खरिद बिक्री भए ।

कारोवार भएका कूल १३ मध्ये २ उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ उपसमूह २१ दशमलव ४८ अङ्कले घट्दा विकास बैंक १९.५३ अङ्कले, ट्रेडिङ उपसमूह १६ दशमलव ५ अङ्कले, वित्त ८.१९ अङ्कले, निर्जीवन बीमा १८३.५८ अङ्कले, उत्पादन १२९.२२ अङ्कले, अन्य ३०.६२ अङ्कले, लघुवित्त ९२.७८ अङ्कले, जीवन बीमा ३१५.९६ अङ्कले, सामूहिक लागनी कोष उपसमूह शुन्य दशमलव ०५ अङ्कले र लगानी उपसमूह १ दशमलव ४ अङ्कले घटेका छन् । त्यस्तै, यता होटल तथा पर्यटन उपसमूह १०४ दशमलव ९७ अङ्कले र जलविद्युत् उपसमूह १०१.७३ अङ्कले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x