अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको मूल्य समायोजन पछिको भाउ कति ?

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले सोमबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजनपश्चात हाइड्रोपावरको शेयरमूल्य दुई सय बायालिस रुपैयाँ निर्धारण भएको छ।


सोही मूल्यलाई आधार मानेर सोमबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले हाइड्रोपावरको अघिल्लो कारोबारी दिन अर्थात आइतबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता तिन सय तेर रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x