ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


ज्ञानमाण्डू।ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २१ गते देखि बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन हो।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार मंगलबार साँझ ४ः४७ बजेसम्ममा ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा १५ लाख ७० हजार ४१४ जनाले ३ अर्ब ३४ करोड ६७ लाख ५७ हजार रुपैयाँ बराबरको ३ करोड ३४ लाख ६७ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् ।
ज्योति लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता प्राथमिक शेयर(आईपीओ) निष्काशनमा ल्याएको हो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता शेयर कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ५९ लाख ४० हजार कित्ता शेयर लागि आवेदन दिने सक्नेछन् ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा आज फागुन २६ गते साँझ कार्यालय समय सम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत पनि प्राथमिक शेयर(आईपीओ)का लागि आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी ‘आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीले समयमा नै कम्पनीको दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित लगानी रहेको जनाउँदछ।

हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x