धितोपत्र बजारमा गिरावट, नेप्से २४०७.२५ को विन्दुमा



ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५१ दशमलव २३ अंकले घटेर २४०७ दशमलव २५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १० दशमलव १० अंकले बढेर ४३५ दशमलव १३ को विन्दुमा पुगेको छ ।


 
आज कूल २११ कम्पनीका ९९ लाख ०३ हजार ७०४ कित्ता शेयर रु ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ मा खरिद बिक्री भए ।

कारोवार भएका कूल १३ मध्ये २ उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ उपसमूह ३२ दशमलव ३३ अङ्कले घट्दा विकास बैंक ३७.८४ अङ्कले, ट्रेडिङ उपसमूह २१३ दशमलव १६ अङ्कले, वित्त १८.८९ अङ्कले, निर्जीवन बीमा ३७४.५३ अङ्कले, उत्पादन ९६.३४ अङ्कले, अन्य ९६.३६ अङ्कले, लघुवित्त ९०.६८ अङ्कले, जीवन बीमा ४५३.९ अङ्कले, सामूहिक लागनी कोष उपसमूह शुन्य दशमलव दुई अङ्कले र लगानी उपसमूह २ दशमलव ५६ अङ्कले घटेका छन् । त्यस्तै, यता होटल तथा पर्यटन उपसमूह ६१.१२ अङ्कले र जलविद्युत् उपसमूह ४७.८२ अङ्कले बढेको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x