माछापुच्छ्रे बैंक Corporate Super Sixes “Season- 6” को मुख्य प्रायोजक

ज्ञानमाण्डू।माछापुच्छ्रे बैंक लि. को मुख्य प्रायोजनमा Corporate Super Sixes “Season- 6” को आयोजना हुने भएको छ । काठमाण्डौमा मिति २०७६/०७/०५ गते आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंक लि. र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीवीच Corporate Super Sixes “Season- 6” को मुख्य प्रायोजक माछापुच्छ्रे बैंक लि. रहने गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मा तथा एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमन शिवाकोटीले हस्ताक्षर गरेकाछन् । सम्झौता पश्चात यो वर्षको Corporate Super Sixes Tournament को नाम माछापुच्छ्रे बैंक, Corporate Super Sixes “Season- 6” रहनेछ । 


उक्त पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे बैंक लि. का प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउदै माछापुच्छ्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए साथै उनले पूर्वमा झापादेखि पश्चिममा महाकाली सम्म २७१ भन्दा बढि सेवा सञ्जाल मार्फत आम नागरिकको घरदैलोमा पुगेर सेवा गरिरहेको माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिग सेवा मात्र नभएर अन्य थुपै कार्यहरुमा सहभागिता जनाउदै आएकोे बताउदै खेलकुद क्षेत्र जहिले पनि बैंकको प्राथमिकतामा रहने जनाएका छन् । प्रमुख कार्यकारी अधिकृत शर्माले यो वर्षको माछापुच्छ्रे बैंक, Corporate Super Sixes Tournament कर्पोरेट क्षेत्रको मात्र नभएर मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा मनाउने तयारी रहेको बताउए ।

माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४१ वटा शाखाहरु, १३० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७१ स्थानमा रहेका सेवा सञ्जाल तथा १६३ वटा एटीएमहरु मार्फत बाट ग्राहक महानुभावहरुमा अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x