नेप्सेमा सिभिल बैंकको ६४ लाख कित्ता बोनस शेयर सूचीकृत

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार, चैत ३० गतेका दिन सिभिल बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार सिभिल बैंक लिमिटेडको कुल ६४ लाख २ हजार ७ सय ११ दशमलव ७४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


सिभिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ८ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x