सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्ता शेयर आवेदन गर्न पाउने व्यवस्था


ज्ञानमाण्डू। उपलब्ध भएसम्म सबै आवेदकहरुले १० कित्ता शेयर पाउने समावेशी वितरण प्रणाली र आश्वा व्यवस्था २०७३ साल देखि लागू भएपश्चात काठमाडौं बाहिर सहित देशैभर साना तथा आम लगानीकर्ताको सहभागिता बढ्दै गएकाले यसलाई अझ व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिदा बोर्डले शेयर बजारमा सवै वर्गका लगानीकर्ताहरुको सहभागिता बढाउन सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्ता शेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको बोर्डले जनाएकाे छ । 
'विद्यार्थी तथा स–साना पूँजी भएका वर्गको पूँजीबजारमा पहुँच बढाउने र यसलाई समावेशी वनाई एक नेपाली एक डिम्याट खाता अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको भन्ने कुरा बाेर्डले प्रेश विज्ञप्तिमा उल्लेख गरेकाे छ ।
यसअघि सार्वजनिक निष्काशनमा कम्तिमा ५० कित्ता आवेदन गनुपर्ने व्यवस्था रहेको थियो भने यसलाई परिवर्तन गरी नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्ता शेयर आवेदन गर्न पाउने व्यवस्था गरेको छ । यस व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै निष्काशन तथा विक्री प्रबन्धक मर्चेन्ट बैंकरहरुलाई निर्देशन समेत दिएको कुरा बाेर्डले जनाएकाे छ।
यस्तो समावेशी व्यवस्थाले पूँजीबजारमा विद्यार्थीसहित स–साना पूँजी भएको वर्ग समेतको सहभागिता बढ्ने र यो बर्षको एक नेपाली एक डिम्याट खाता अभियानमा समेत व्यापक सहभागिता बढी पूँजीबजारको विकास तथा विस्तारमा थप टेवा पुग्ने बोर्डको अपेक्षा रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x