डोली र डोला हेर्न थारू सङ्ग्रहालय पुग्नै पर्छ

ज्ञानमाण्डू।शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । थारु समुदायको ऐतिहासिक रहन सहन , संस्कृति र जन जीवनलाई सङग्रालयमा जीवन्त प्रस्तुत गरिएको छ । यसका लागि परम्परागत शैलीमा घर निर्माण तथा सौर्य ऊर्जा जडान समेत गरिएको छ । 

थारु समुदायले प्राचीनदेखि वर्तमान समयसम्म परम्परागत रूपमा प्रयोग गर्ने वस्तु सङग्रालयमा राख्न १२ थारु गाउँका वडघरलाई जिम्मा दिइएको थियो । सङ्ग्रहालयका सचिव भागीराम चौधरीका अनुसार सङ्ग्रहालयमा थारु समुदायले प्रयोग गर्ने हेल्का, डिलिया, छिटुवा, पखै, डेल्वा, बेर्री, पिर्का, पैना, चन्डोल, डोली, ढडिया, खोगिया, पैवा, खराउ, चटुवा, डपला, मन्द्रा, डफ, बस्या, कुथली, डेहरी, मरुवा, पाता, भाला, बर्सी ढाललगायतका सामान राखिएका छन् । 

हलो, जुवा, डोक्नी, भोक्टी, भौका, छिटनी, लैया, जवरा, अष्टम्कीलगायतका सामग्रीले सङग्रालयलाई आकर्षक बनाइराखेका छन् । लरिया, लहरु, बगरुवा, कुवाँलगायतको समेत सङ्ग्रहालय परिसरमा राखिएका छन् । थारु समुदायका महिलाले लगाउने नथिया, फुली, बुलाकी, ढुङ्ग्री, टर्की, झुम्का, माला, गटैया, सुतिया, बाजु, चुरुवा, कारा, पहिरी, विच्छयालगायतका गहनासमेत रहेका छन् । 

थारु समुदायका महिलाले लगाउने लेहंगा, चोली र पुरुषले लगाउने धोती, कमिज, अंगच्छा, विवाहमा प्रयोग हुने डोली, डोलासमेत सङ्ग्रहालयमा सजाइएका छन् । वडाध्यक्ष बहादुर महराले सङ्ग्रहालयलाई व्यवस्थित बनाउनका लागि थप बजेटको व्यवस्था गरी नमुनाका रूपमा सञ्चालन गरिने जानकारी दिए । भल्का थारु समुदायको परम्परागत धार्मिक स्थलका रूपमा रहेको छ । कुण्डको पानी गर्मीमा चिसो र चिसोमा तातो हुने गर्दछ । माघी सङ्क्रान्तिका बेला यस क्षेत्रमा ठुलो मेला लाग्ने गर्दछ । सांसद नरबहादुर धामीले सोमबार सङग्रालयको शुभारम्भ गरेका थिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x