निःशुल्क हवाई सेवाले दुर्गमका गर्भवतीको ज्यान जोगिँदै

ज्ञानमाण्डू।स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ । महिला तथा बालबालिका मन्त्रालयअन्र्तगत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरेपछि ज्यान बचेको हो ।

हवाई उद्धार कार्यक्रम सञ्चालन भएका ३० जिल्लामा पूर्णरूपमा र चार जिल्लामा आंशिकरूपमा निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन भएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ मार्फत उद्धार गरिएको हो । 

सडक सञ्जालमा नजोडिएका र सहज यातायात पहुँच नभएका ठाउँका गर्भवती महिलाहरूको हेलिकप्टरबाट तत्काल उद्धार र उपचार कार्यक्रम निकै प्रभावकारी भएको हो । सुविधा सम्पन्न र अत्यावश्यक स्वास्थ्य उपकरण नभएका हिमाली जिल्लाका स्वास्थ्य संस्थामा उपचार हुन नसक्ने अवस्थाका कर्णालीका गर्भवतीहरूको हवाई मार्गबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत र नेपालगञ्ज लगेर आमा तथा शिशुको ज्यान बचाउने काममा यो कार्यक्रम निकै प्रभावकारी बन्दै गएको हो । 

विसं २०७६ असार ११ गतेसम्म डोल्पामा चार, जाजरकोटमा एक, हुम्लामा दुई र मुगुमा चार गर्भवतीको उद्धार भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा जाजरकोटमा छ, डोल्पामा १०, हुम्लामा आठ, मुगुमा चार र कालीकोटमा एक जनाको उद्धार गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा देशैभरिबाट २६ र आर्थिक वर्ष ७६÷७७ मा ८७ गरी जम्मा ११३ सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको कोषले जनाएको छ । 

सुत्केरी व्यथाले छटपटाइरहेका महिलालाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरेर सुविधा सम्पन्न अस्पताल पुर्‍याएपछि कर्णालीमा यो कार्यक्रम प्रभावकारी भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । प्रजिअ पन्तका अनुसार दुर्गम गाउँमा सडक पहुँच नहुनु र भएका सडक पनि हिउँदको महिनामा मात्र सञ्चालन हुने भएकाले पनि व्यथा लागेका गर्भवतीलाई सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पुर्‍याउन हेलिकप्टर प्रयोग गर्नुको विकल्प छैन । 

“व्यथा लागेको लामो समय घरमै राख्ने स्थानीय चलनले स्वास्थ्यकर्मीलाई नै ढिला खबर हुन्छ”, प्रतिअ पन्तले भने , “उद्धारको पहलका लागि अन्तिम समयमा मात्रै खबर आउँछ, त्यस्तो आपत परेको बेला व्यथाले मृत्युसँग लडिरहेका महिलाका निकै उपयोगी भएको छ ।” 

जाजरकोट जिल्ला सडक सञ्जालको पहुँचमा भए पनि कच्ची सडक, वर्षाले सडकमा सवारी साधन सञ्चालनमा आउने समस्याले अधिकांश गर्भवतीलाई समयमै स्वास्थ्य संस्था पुर्याउन मुस्किल हुँदै आएको छ । उत्ता डोल्पाको सदरमुकामसम्म मात्र सडकको ट्र्याक खोल्ने काम भएकाले त्यस बाहेकका अधिकांश बस्तीको यातायातको एकमात्र विकल्प हेकिकप्टर नै हो । त्यसैले पनि यहाँका अधिकांश गर्भवतीको उद्धारमा हेलिकप्टरको प्रयोग हुँदै आएको छ । महिलाहरूको उद्धारमा प्रयोग भएका हेलिकप्टरको भाडावापत लाग्ने खर्च राष्ट्रपति उद्धार कोषले नै व्यहार्ने भएकाले यो कार्य जोखिममा परेका महिलाको जीवनरक्षकका रूपमा रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए  । 

“दुर्गम गाउँमा गर्भवतीलाई सुत्केरी व्यथा लाग्नासाथ स्वास्थ्य संस्था लैजानुभन्दा पहिला परम्परागत धामीझाँक्री देखाउने र झारफुक गराउनाले कति आमा र नवजात शिशुको अकालमा ज्यान जाने गथ्र्यो”, नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले भने , “सरकराले राष्ट्रपति उद्धार कोषमार्फत उद्धार कार्यक्रम शुरु गरेपछि दुर्गमका आमा र शिशुहरूको ज्यान बचाउन निकै सहयोगी भएको छ ।” रावलका अनुसार अझै यस कार्यक्रमका बारेमा अपेक्षितरूपमा प्रचार नहुँदा दूरदराजका दिदी/बहिनीहरूले अकालमा ज्यान गुमाइरहनुपरेकोे छ । 

कार्यक्रममार्फत गर्भवतीको उद्धार गर्न गाउँमै हेलिकप्टर आउन थालेपछि जिल्लाका अधिकांश वडाहरूमा हेलिप्याड निर्माण हुन थालेका छन् । जाजरकोटकोे बारेकोट गाउँपालिकाले गएको आर्थिक वर्षमै मातहतका सबै वडामा हेलिप्याड निर्माण गरिसकेको जनाएको छ । अन्य स्थानीय तहले पनि पायक पर्ने ठाउँमा हेलिप्याड निर्माणका लागि कार्य शुरु गरेको प्रजिअ पन्तले जानकारी दिए । 

डोल्पाका स्थानीय तहले पनि आपसी समन्वयमा हेलिप्याड निर्माण गर्ने काम अघि बढाएका छन् । दुर्गम गाउँमा गर्भवतीलाई सुत्केरी वेथा लागेपछि स्वास्थ्य संस्था पुर्‍याउँदा लाग्ने समयले दुःखद् परिणाम नआओस् भन्न हरेक स्थानीय तहको पायक पर्ने स्थानमा हेलिप्याड निर्माणको अवधारणा अघि सारिएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x