आकर्षक करियर बन्दै बीमा अभिकर्ता, अभिकर्ताकाे आम्दानीमा ५३ प्रतिशतको वृद्धि


 

ज्ञानमाण्डू। पछिल्लो समयमा जीवन बीमा अभिकर्ता निकै आकर्षित पेसा बन्दै गएको छ। जसबाट अभिकर्ताहरूले राम्रो आम्दानी आर्जन गर्दै आएको देखिन्छ। झन् नयाँ जीवन बीमा कम्पनीहरू आए पछि त यस क्षेत्रमा निकै प्रतिस्पर्धा वृद्धि भएको छ, जसको कारणले गर्दा जीवन बीमा कम्पनीहरूले अभिकर्ताको सङ्ख्या वृद्धि गर्ने कुरामा जोड दिँदै आएका छन् । अहिले धेरै व्यक्तिले आफ्नो फुल टाइम कामको रूपमा बीमा अभिकर्तालाई अपनाएको पनि हामीले देख्न सक्छाैँ।

नेपालमा हाल १९ जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन्। चालु आर्थिक वर्षको चैत्र महिनासम्ममा १९ जीवन बीमा कम्पनीहरूले आफ्ना अभिकर्ताहरूलाई दिने अभिकर्ता कमिसन अघिल्लो आर्थिक वर्षको चैत्र महिनासम्मको तुलनामा ५३ प्रतिशतले वृद्धि भएको छ। अहिले नेपालका सबै जीवन बीमा कम्पनीका अभिकर्ताले ९ महिनामा नै ११ अर्ब १४ करोड कमिसन बुझेका छन् भने गत वर्ष चैत्र सम्म ७ अर्ब २७ करोड मात्र कमिसन बुझेका थिए ।

नेपाल लाइफ इन्स्योरेन्सले ९ महिनामा आफ्ना अभिकर्तालाई सर्वाधिक २ अर्ब ८४ करोड कमिसन दिएको छ भने एलआईसी नेपालले १ अर्ब ४० करोड रकम अभिकर्तालाई कमिसन प्रदान गरेको छ। तेस्रोमा नेशनल लाइफले ९७ करोड रकम अभिकर्तालाई कमिसन दिँदा नयाँ जीवन बीमा कम्पनी युनियन लाइफले ९६ करोड रकम अभिकर्तालाई कमिसन दिएको छ भने एसियन लाइफले ५६ कराेड रकम अभिकर्तालाई कमिसन स्वरूप प्रदान गरेकाे छ ।

प्रतिशतमा हेर्दा गुराँस लाइफ इन्स्योरेन्सको कमिसन दरमा सर्वाधिक वृद्धि भएको छ। गुराँसले आफ्ना अभिकर्तालाई प्रदान गर्ने कमिसनमा १६२ प्रतिशतले वृद्धि भएको छ ।

अभिकर्तालाई सर्वाधिक कमिसन दिने ५ जीवन बीमा कम्पनीहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x