एलआइसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ज्ञानमाण्डू।साधारण सभा प्रयोजनका लागि फागुन ७ गते देखी बुक क्लोज गर्ने तयारिमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको १० दश्मलव ५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज फागुन ६ गते बिहीबार अन्तिम दिन रहेको छ ।

यस अनुसार, आजका दिन सम्म शेयारधनी बन्नुभएका लगानिकर्ता तथा शेयारधनीहरुले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले वितरण गर्ने उक्त लाभांश प्राप्त गर्न योग्य हुनु हुनेछ । इन्स्योरेन्सले गत वर्ष आर्जन गरेको नाफाबाट १० प्रतिशतले हुन आउने बोनस शेयर तथा उक्त बोनसमा लग्ने कर प्रयोजनका लागि ० दशमलव ५३ प्रतिशतले हुन आउने नगद लाभांश गरी कुल १० दश्मलव ५३ प्रतिशत लाभांश वितरण गर्दैछ ।

इन्स्योरेन्सको साधारण सभा फागुन २५ गते बस्दैछ । सभा एल आई सी शिक्षालय हल,नक्सालमा बिहान १०:३० बजेबाट सुरु हुनेछ । हाल लाइफ इन्स्योरेन्स कर्पोरेसनको चुक्ता पुँजी २ अर्व १ करोड रहेको छ । प्रस्तावित १० दश्मलव ५३ प्रतिशत बोनस शेयर वितरणपछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्व २१ करोड १० लाख रुपैयाँ पुग्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x