Instant Cash र जि.एम.इ रेमिट प्रा.लि बिच विप्रेषण सेवा सम्बन्धी सम्झौता

gme remit instant cash
 

ज्ञानमाण्डू। विश्वको ख्याति प्राप्त रेमिटान्स कम्पनी Instant Cash र जि.एम.इ रेमिट प्रा.लि बिच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ ।


अब युएई, कतार, ओमान, कुवेत, बहराइन लगायत विश्वका विभिन्न देशहरुमा रहनु भएका नेपालीहरुले Instant Cash को सेवा प्रयोग गरी जि.एम.इ रेमिटको माध्यमबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सक्नेछन् ।


नेपालमा जि.एम.इ रेमिट सँग आबद्ध १५,००० भन्दा बढी एजेन्टहरुबाट सजिलै नगद भुक्तानी लिन सकिने छ र नेपालको जुनसुकै बैंकको खातामा तुरुन्तै रकम झिक्न मिल्ने गरी जम्मा गर्न सकिनेछ । साथै मोबाईल वालेटमा समेत लोड गर्न सकिने सुविधा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।


उक्त सम्झौतामा जि.एम.इ रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दिवाकर पौडेल र Instant Cash को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुल्तान अल महमूद (Sultan Al Mahmoud) ले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ ।


जि.एम.इ रेमिट प्रा.लि ले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x