धितोपत्र बोर्डले दियो रुरु जलविद्युतलाई प्रिमियममा आइपीओ निष्कासन गर्ने अनुमति

ज्ञानमाण्डू।रु रु जलविद्युत परियोजनालाई नेपाल धितोपत्र बोर्डले प्रिमियममा आइपीओ बिक्री गर्न अनुमति दिएको छ । परियोजनाले सर्वसाधारणलाई जारी पुँजीको १० प्रतिशत अर्थात ४ लाख ७ हजार ७०६ कित्ता शेयर प्रतिकित्ता १२० रुपैयाँ (२० रुपैयाँ प्रिमियम) का दरले निष्कासन गर्न अनुमति माग गरेको छ भने यता स्थानीयको लागि जारी पुँजीकै १० प्रतिशत अर्थात ४ लाख ७ हजार ७०६ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न अनुमति माग गरेको रुरु जलविद्युत परियोजनाले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले जारी पुँजीको १० प्रतिशत अर्थात चार करोड सात लाख ७० हजार रुपैयाँ बराबरको चार लाख सात हजार सात सय पाँच कित्ता आईपिओ निष्कासन गर्नेछ । कम्पनीले गुल्मीमा सञ्चालित ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजनाको २० प्रतिशत आईपिओ निष्कासन गर्न लागेको हो । परियोजनाले जारी पुँजीको १० प्रतिशत आयोजना प्रभावित स्थानीय र १० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ ।

रु रु जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि कुल ८ करोड ९६ लाख ९५ हजार २२० करोड रुपैयाँ बराबरको जम्मा आठ लाख १५ हजार चार सय ६ कित्ता साधारण शेयर(आइपीओ) निष्कासन (प्रिमियम मूल्यसहित) जारी गर्ने अनुमति पाएको हो । रुरु जलविद्युत परियोजनाको आइपीओ शेयर निष्कासन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले रुरु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ ।कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा कम्पनी राम्रो भएको आधार जनाउँछ ।

कम्पनीको चुक्तापुँजी ३२ करोड ६१ लाख ६४ हजार चार सय रुपैयाँ रहेको छ । सेयर बिक्रीबाट संकलन भएको पुँजी माथिल्लो हुग्दीको क्यासकेड आयोजनामा लगानी गर्ने कम्पनीको योजना छ ।

रु रु परियोजनाले निर्माण गरेको माथिल्लो हुग्दीले २०७१ चैतबाट नियमित विद्युत उत्पादन गर्दै आएको छ । कम्पनीले गत आर्थिक वर्षमा गुल्मीमा सञ्चालित ५ मेगावाटको माथिल्लो हुग्दी खोला जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बिक्रीबाट १२ करोड २१ लाख ९७ हजार ४ सय ४२ रुपैयाँ आम्दानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x