कीर्तिपुर नगरपालिकाको सम्पुर्ण सरकारी बैंकिङ्ग कारोवार कृषि विकास बैंक मार्फत हुने

krishi bikas bank 
ज्ञानमाण्डू। कीर्तिपुर नगरपालिकाले आफ्ना सम्पूर्ण बैंकिङ्ग कारोवारहरु कृषि विकास बैंक मार्फत गर्ने गरी बैंकसँग सम्झौता गरेको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश महर्जनबिच सम्झौता पत्रमा हस्ताक्षर भएकाे हाे।

देशको पुरानो बैंक र राजनैतिक तथा प्रशासनिक महत्व राख्ने पुरानो नगरपालिका विच बैंकिङ्ग कारोवार गर्ने संझौताले नगरपालिकाको बैंकिङ्ग कारोवारमा सहजता हुनुका साथै स्थानीय आम जनसमुदायलाई बैंकिङ्ग कारोबार गर्न थप सुविधा पुग्ने बैंकले जनाएकाे छ ।

उक्त सम्झौता कार्यक्रमका सिलसिलामा पाँच बर्षे सम्झौता पत्र आदन प्रदान गर्दै नगर प्रमुख रमेश महर्जनले यस सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको र यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।
 
बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले पुरानो तथा किसानको वाहुल्यता रहेको नगरपालिकासँग प्रत्यक्ष रुपमा जोडिन पाउदा संस्था गौरवान्बित भएको कुरा बताउनुभयाे ।

पाँच बर्षको लागि भएको सम्झौतामा बैंकले नगरपालिकाको सम्पुर्ण सरकारी कारोवार गर्नेछ भने नगरपालिकाका स्थायी कर्मचारीलाई बिना धितो १५ लाख सम्म तलबी खाता कर्जा तथा सापट उपलब्ध गराउने छ कुरा बैंकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x