सुनको मूल्यमा प्रतितोला १ हजार १ सय गिरावट

ज्ञानमाण्डू।नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ हजार ५० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ २३ गते, शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९० हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ ।

बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

शुक्रबार सुनको मूल्यमा गिरावट आउदा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा किनबेच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x