अरुण काबेलीको नाफामा ३२६.१० प्रतिशत वृद्धि

ज्ञानमाण्डू।अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्ष आ. व. २०७७/७८ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा अरुण काबेली पावर नाफामा उल्लेख्य सुधार भएको देख्न सकिन्छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा अरुण काबेली पावरको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२६ दशमलव १० प्रतिशत अर्थात १३ करोड ९८ लाख रुपैयाँ वृद्धी भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १८ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २४३ दशमलव १० प्रतिशतले बढेर ३८ करोड ८५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत् बिक्रीबाट ११ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीले सञ्चालन नाफा पनि १० करोड ८१ लाख रुपैयाँबाट बढाएर ३६ करोड रुपैयाँ पुर्याएको छ ।

१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको अरुण काबेली पावर लिमिटेड कम्पनीको जगेडा कोषमा २७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा कम्पनीको जगेडा कोष २४ करोड ७८ लाख रुपैयाँले वृद्धी भएको छ । 

यस अवधिसम्ममा अरुण काबेली पावर लिमिटेडको वार्षिक प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३६ पैसा पुगेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११ दशमलव ३७ गुणा रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x