कक्षा १२ को परीक्षाफल सार्वजनिक , यसरी हेर्नुहोस् नतिजा

class 12 result
ज्ञानमाण्डू।
राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।

गत मङ्सिर १६ गते समापन भएको कक्षा १२ को परीक्षा कुल परीक्षार्थी चार लाख ३३ हजार २७१ परीक्षार्थी थिए । देशभरि चार हजार १०५ वटा परीक्षा केन्द्र कायम गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एक जनाको परीक्षा रद्द गरिएको छ भने ११ हजार ४९० जनाको परीक्षा स्थगित गरिएको छ ।

बोर्डले ४० अङ्कको मात्र लिखित परीक्षा सञ्चालन गरेको थियो भने बाँकी कक्षा ११ को र आन्तरिक मूल्याङ्कनका आधारमा अङ्क गणना गरिने प्रावधान रहेको थियो  ।

नतिजा अनुसार जीपीए ३.६१ देखि ४.० ल्याउनेहरु छ हजार ९१६ जना रहेका छन् । त्यस्तै जीपीए ३.२१ देखि ३.६० सम्म ३८ हजार ४८० जनाले, जीपीए २.८१ देखि ३.२० सम्म ७६ हजार ८४१ जनाले, जीपीए २.४१ देखि २.८० सम्म एक लाख ९३ हजार १२ जनाले नतिजा प्राप्त गरेका छन् ।

यसैगरी जीपीए २.०१ देखि २.४० सम्म ५२ हजार ४२७ जनाले, जीपीए १.६१ देखि २.०० सम्म सात हजार १६४ जनाले, जीपीए १.२१ देखि १.६० सम्म ३३३ जनाले, जीपीए ०.८१ देखि १.२० सम्म चार जनाले र जीपीए शून्यदेखि ०.८० सम्म १८ हजार ८३९ जनाले नतिजा प्राप्त गरेका छन् ।

How to see NEB Grade 12 Result 2076? विद्यार्थीहरूले परिणामहरू प्रकाशित नतिजा हेर्नका लागि तल दिएका लिङ्कमा क्लिक गर्नु होस्:

-राष्ट्रिय परिक्षा बोर्ड

-नेपाल टेलिकम

तथा विभिन्न SMS र IVR मार्फत माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को  नतिजा हेर्न सक्नेछन् |

SMS मार्फत कक्षा १२ परीक्षाको नतिजा हेर्न :
Type NEB <space> SymbolNumber and Send SMS to 1600

त्यस्तै, IVR सेवा मार्फत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार  नतिजा प्राप्त गर्न सकिनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x