विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा

ज्ञानमाण्डू।वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन् । 

विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरू होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले जनाएको छ । 

“नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरिरहेका छौँ”, नगर प्रमुख दिलीपप्रताप खाँणले भने, “विदेशबाट फर्किएका व्यक्तिहरूलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन पनि अगाडि बढाएका छौँ ।”

विदेशबाट आफ्नो टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले टोलवासीहरुलाई आग्रह गरेका छन्  । 

टोलवासीहरुले नगरपालिका कार्यालयमा खबर गरेसँगै नगरका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट आउनुभएका दाजुभाइ तथा दिदीबहिनीलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझावसहित आवश्यक परामर्श प्रदान गरिएको नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले बताइन् । “विदेशबाट फर्किनुभएकालाई १४ दिनसम्म घरमा छुट्टै बस्न लगाएका छौँ”, उपप्रमुख तिवारीले भनिन्, “उहाँहरूको इच्छा अनुसार होम क्वारेन्टाइनमा बस्न छाडेका छौँ । बसे नबसेको नियमित अनुगमन गरिराखेका छौँ ।”

भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गरी सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।

सोमबार र मङ्गलवार गरी नगरभित्रका १, २, ८, ९, ११, १२ र १३ नं. वडाका टोलका घर÷घरमा पुगेर विदेशबाट आएका तर १४ दिन पूरा नभएका नागरिकलाई आफू सुरक्षित हुँदै घरपरिवारलाई पनि सुरक्षित राख्ने उद्देश्यले होम क्वारेन्टाइनमा बस्न सुझाव दिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।

होम क्वारेन्टाइनमा बसेकालाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्श समेत दिइएको छ । नगरका १४ वटै वडामा विदेशबाट आएकाहरुको खोजी गरी अभिलेख राख्ने कार्यलाई निरन्तरता दिइने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x