रिभर फल्स पावर लिमिटेड कम्पनीको आईपीओ बैशाख २८ गते (आज) देखि खुल्ला


ज्ञानमाण्डू। रिभर फल्स पावर लिमिटेडले बैशाख २८ गते (आज) देखि सर्वसाधारणका लागि आईपीओ विक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रभावित क्षेत्र अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि आईपीओ विक्री गर्न लागेको हो । कम्पनीको अनुसार सर्वसाधारणले प्रतिकित्ता रु.१०० अङ्कित दरका २७ लाख ३० हजार कित्ता साधारण शेयरको आईपीओ विक्री गर्न लागेको हो ।

साे कम्पनीले रू. ७ करोड बराबरको ७ लाख कित्ता साधारण शेयर चैत २७ गतेदेखि वैशाख ११ गतेसम्म सम्पूर्ण बासिन्दाहरूका लागि आईपीओ विक्री गरी वैशाख १९ गते बाँडफाँट गरिसकेको कम्पनीले जनाएकाे छ ।

अब कम्पनीको कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकेको कम्पनीको भनाइ छ । यी बाहेक बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउनेे भएकाे छ ।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) जेठ ४ रहेको छ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा जेठ ११ गते सम्म आवेदन पेस गर्न सक्नेछन् ।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन पेस गर्न सक्नेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिऋी प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x