नायिका मनिषा कोइराला आई.एम.ई. लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसेडरमा

ज्ञानमाण्डू।आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेसेडरमा देश तथा विदेशमा ख्याति प्राप्त नेपाली सेलिब्रिटी नायिका मनिषा कोइराला नियुक्त हुनुभएको छ । यस सगै अब कोइराला आई.एम.ई. लाइफको जीबन बीमाको ब्राण्ड दतको भमिकामा रहनुहुनेछ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले समझौतामा हस्ताक्षर गर्नुभएको कम्पनीले जानकारी दिएको छ । 
ime life insurance

अग्रणी एवं जीवन्त सेलिब्रिटी कोइरालाले आई.एम.ई. लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व रहनुहुनेछ । मानब जगतमा जीवन बीमाको महत्व निकै ठूलो रहेको छ । नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरि देशैभरि छरिएर रहेको पुँजिलाई एकिकृत गरि राष्ट्र निर्माणमा टेवा पुर्याउने अवधारण बोकेको आई.एम.ई. लाइफ सँग साझेदारी गर्न पाउँदा खुसि रहेको कु रा बताउनु भएको छ र कम्पनीको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको कुरा कम्पनीले जनाएको छ। 

कोइरालासँगको सहकार्य घोषणा गर्दै आई.एम.ई. लाइफका सिईओ कवि फुयाँलले भन्नुभयो, "मनिषा कोइरालासँग सहकार्य गर्न पाउँदा हामी धेरै उत्साहित छौं " उहाँले भन्नुभयो, " उहाँ दृढ विश्वासी, क्षमतावान, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएको तथा हरेक नेपालीका लागि आदर्श हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो । आई.एम.ई. लाइफ परिवारमा उहाँलाई स्वागत गर्न पाउँदा हामी खुसी छौं ।" 

देश भरका जनताहरुमा जीवन बीमाको बारेमा जागरुकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकहरुको विश्वास लिन सहयोग पुर्याउने कुरा कम्पनीले जनाएको छ । कम्पनीले यो सम्झौता २०७७ पौष २४ गतेबाट लागु हुनेगरी हस्ताक्षर गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयाँल ज्यू ले जानकारी दिनुभएको छ। त्यसैगरि डिजिटल प्रविधि मार्फत सेवा उपलब्ध गर्ने क्रममा आजकै मितिबाट “IME साथ bot" नामबाट विश्वका कुनैपनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सकिने गरि निर्माण गरिएको Chatbot प्रणालिको औपचारिक रुपमा संचालनमा ल्याएको श्री कवि फुयाँलले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x