सन्राइज बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न

ज्ञानमाण्डू। सन्राइज बैंक लिमिटेडको १३ औं  वार्षिक साधारण सभा मिति २०७७ पुस २४ गते बैंकका संचालक समितिका अध्यक्ष श्री मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको चुक्ता पूँजीको ५.८०% प्रतिशतका दरले हुने रु. ५२,०१,३३,०६३÷२९ (अक्षरेपी बाउन्न करोड एक लाख तेतीस हजार त्रिसठ्ठी रुपैयाँ र पैसा उनान्तीस मात्र) बराबरको बोनस शेयर तथा चुक्ता पूँजीको २.४८% का दरले हुने नगद लाभांश रु. २२,२४,०१,७२३÷६२ (अक्षरेपी बाईस करोड चौबिस लाख एक हजार सात सय तेईस रुपैयाँ र पैसा बासठ्ठी मात्रर्) (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ । 




मिति २०६४ साल आश्विन २५ मा स्थापना भएको यस बैंकको हाल चुक्ता पूँजी रु. ८ अर्ब ९६ करोड रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजीमा बृद्धि भई रु. ९,४८,७९,४४,४९९÷३९ कायम हुन गएको छ । देशको विभिन्न क्षेत्रमा छरिएर रहेका सर्वसाधारण वर्ग, कृषि जन्य उद्योग, साना तथा मझौला उद्योग, जलविद्युत आयोजना, व्यापार व्यवसायमा संलग्न व्यापरिक घराना समेतलाई बैंकको सेवामा आवद्ध एवं समाहित गर्दै सर्वसुलभ तवरले बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यलाई निरन्तरता दिदैं यस बैकले हाल १३९ वटा शाखा, ५८ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x