बढ्दो वैदेशिक रोजगारीका लागि जानेको सङ्ख्या, कतार प्रमुख गन्तव्य


ज्ञानमाण्डू। चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैज्ञानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १३८०० पुगेको छ। अघिल्लो आ.व. वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९९.२ प्रतिशतले घटेको थियो। त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २८६.१ प्रतिशतले वृद्धि भई ११,६२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८०.० प्रतिशतले घटेको थियो ।

अघिल्लो आ.व. वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९७५७.१ प्रतिशतले वृद्धि भएको देखिन्छ । कोरोनाको प्रकोप र जारी निषेधाज्ञाका कारण वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्यामा ठुलो प्रभाव परेको देखिन्छ। गत आ.व.को पहिलो महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैज्ञानिकीकरण) लिने नेपालीको सङ्ख्या मात्र १४० रहेको तथ्याङ्कले देखाएको छ । यता, आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म जम्मा ७२०८१ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए। गन्तव्यका आधारमा कतार, साउदी अरेबिया, रोमेनिया, युएई, र बहराइन वैदेशिक रोजगारीका लागि जाने प्रमुख पाँच मुलुक रहेका छन्।

कतार वैदेशिक रोजगारीका लागि सर्वाधिक श्रम स्वीकृति लिइने मुलुक रहेको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा कतारका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६०८३ रहेको छ। त्यस्तै, सर्वाधिक श्रम स्वीकृति लिइने अर्को मुलुक साउदी अरेबिया रहेको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा साउदी अरेबियाका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५६३६ रहेको छ। यता, रोमेनियाका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २९५, युएईका लागि २६३ र बहराइनका लागि २१३ रहेको छ।

त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चालु आर्थिक वर्षको पहिलो महिनामा २८६.१ प्रतिशतले वृद्धि भएको छ। गत आ.व.को पहिलो महिनामा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या मात्र ३०१२ रहेको तथ्याङ्कले देखाएको छ । यता, आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म जम्मा ९४६१८ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए। गन्तव्यका आधारमा कतार, युएई, साउदी अरेबिया, कुवेत, र बहराइन वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिइने प्रमुख पाँच मुलुक रहेका छन् ।

कतार वैदेशिक रोजगारीका लागि सर्वाधिक पुनः श्रम स्वीकृति लिइने मुलुक रहेको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा कतारका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५६८६ रहेको छ। त्यस्तै, वैदेशिक रोजगारीका लागि सर्वाधिक पुनः श्रम स्वीकृति लिइने अर्को मुलुक युएई रहेको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा युएईका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २७५७ रहेको छ। यता, साउदी अरेबियाका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २३३६, कुवेतका लागि २६५ र बहराइनका लागि १६७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x