सनराइज बैंक लिमिटेडका ग्राहकलाई Vivanta Kathmandu मा विशेष छुट

sunrise bank
sunrise bankज्ञानमाण्डू। सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ Hotel Vivanta Kathmandu मा बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले Vivanta Kathmandu को Mynt र Akari Restaurant मा खाना र बेबरेज (Soft Beverage) को सन्राइज बैंकको क्रेडिट तथा डेबिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् । बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम्  सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x