ग्लोबल आइएमई बैंकद्धारा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७६ बैशाख १४ गते सुनसरी जिल्ला, कोशी गाँउपालिका वडा नं. ३, जमुवा चोकमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । ग्लोबल आइएमई बैंकको इटहरी शाखाको आयोजना र बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा जाँच शिविर सम्पन्न भएको हो । बैंकको तर्फबाट आँखाका रोगीहरुलाई निःशुल्क औषधी तथा दृिष्ट दोष भएका बिरामीहरुलाई निःशुल्क चश्मा समेत बितरण गरिएको छ । उक्त शिविरमा मोतीबिन्दु भएका आँखाका बिरामीहरुको बिराटनगर आँखा अस्पताल, बिराटनगरमा निःशुल्क शल्यक्रिया पनि गरिएको छ । निम्न आयस्तर भएका तथा अति पिछडिएका आँखाका बिरामीहरुलाई लक्षित गरी उक्त आँखा शिविर सञ्चालन गरिएको होे । 

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x