आज देखि नयाँ म्युचुल फण्ड, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्कासनमा

nic asia capital

ज्ञानमाण्डू। एन आई सी एशिया क्यापिटलले नयाँ म्युचुल फण्ड "एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड" जेठ १९ गते (आज) देखि निष्कासन गरेको छ। एन आई सी एशिया फ्लेक्सी क्याप फण्डकाे निष्कासन बन्द हुने मिति जेठ २४ रहेको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा असार २ गते सम्म आवेदन म्याद थपिने कम्पनीले जनाएकाे छ।

कम्पनीले निष्कासन गर्न लागेकाे कुल इकाई १० कराेड मध्ये कुल बिक्री भएकाे इकाई सङ्ख्याकाे न्यूनतम १५% (पन्ध्र प्रतिशत) अर्थात् १ कराेड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी रहेको न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागेको कम्पनीले जनाएकाे छ । सो कम्पनीले प्रति इकाई मूल्य रू. १०/- अंकितका दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेकाे जनाएकाे छ ।

यस फण्डकाे इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका र आस्वा (ASBA) सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यलयहरूबाट पनि आवेदन पेस गर्न सकिनेछ।

यस फण्डकाे धिताेपत्र निष्कासन तथा बिऋी प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x