युनिक नेपाल लघुवित्तको नाफामा १७.४७ प्रतिशतको वृद्धि

Unique Nepal Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १७.४७ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ७ कराेड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ९ कराेड १ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

११ करोड ६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनिक नेपाल लघुवित्तले ३ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, युनिक नेपाल लघुवित्तले ८५ करोड ४३ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २६ करोड ४६ लाख रुपैयाँ रहेको छ।

युनिक नेपाल लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १४.७४ प्रतिशतले बढेर २७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.३४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ८६ रुपैयाँ ६४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३६० रुपैयाँ ८८ पैसा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x