हेटौँडामा दृश्यावलोकन स्तम्भ र उद्यान निर्माण शुरु

वाग्मती, वाग्मती प्रदेशको राजधानी हेटौँडामा पर्यटक आकर्षित गराउन, राजधानीको गरिमा बढाउन तथा व्यवस्थित गर्नका लागि हेटौँडा उपमहानगरपालिकामा दृश्यावलोकन स्तम्भसहितको उद्यान निर्माण शुरु भएको छ । 

हेटौँडा उपमहानगरपालिकाको रु तीन करोड ७५ लाखको लागतमा हेटौँडा वडा नं १३ स्थित ठूलोथलीमा उक्त भ्यूटावर निर्माण शुरु भएको हो । बहुवर्षीय कार्यक्रम योजनाअन्तर्गत शुरु भएको पाँचतले टावरको निर्माणमा उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा रु २४ लाख बजेट विनियोजन गरेको कार्यालयले जनाएको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले पर्यटकीय क्षेत्रको सम्भावना रहेकाले त्यहाँ भ्यूटावर निर्माण गर्न लागिएको बताउँदै त्यस क्षेत्रमा बालोद्यान, वनभोजस्थलसहितको उद्यँन निर्माण गर्न लागिएको जानकारी दिनुभयो । 

उद्यान विभिन्न जनावरको मूर्तिसमेत राखिने बताइएको छ । यसैबीच हेटौँडा – ५ क्याम्पाडाँडा चौरलाई व्यवस्थित खेल मैदान बनाउन शुरु भएको छ । उपमहानगरपालिकाले विभिन्न वडाका खेल मैदानलाई व्यवस्थित बनाउने कार्यक्रमअन्तर्गत उक्त चौरलाई खेलकूद मैदानका रुपमा व्यवस्थित गर्न लागेको बताइएको छ । यसअघि खेलकूद कार्यक्रम भए पनि चौर व्यवस्थित नहुँदा समस्या आएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x