बल्ल आयो डिएपी मल


डोटी: धान काटेर गहुँ छर्ने बेला भइसक्दासमेत जिल्लामा मल नपाउँदा किसान चिन्तित भइरहेको बेला जिल्लामा बल्ल डिएपी मल आएको छ । राष्ट्रिय समाचार समिति (रासस)मा मल नहुँदा किसान चिन्तित भन्ने समाचार प्रकाशित भएपछि कृषि सामग्री कम्पनी लिमिटेडले यहाँका एग्रोभेटका व्यापारीमार्फत बिक्रीका लाागि मल पठाएको हो । 

डिएपी मल आएसँगै यहाँका किसानको मल किन्नका लागि पसलमा भीड लाग्न थालेको छ । जिल्लाको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा रहेको साजन एग्रोभेट तथा शाही एग्रोभेटले डिएपी मल ल्याएका हुन् । ती व्यापारीहरुले कम्तीमा पनि दुई÷दुई टन डिएपी मल ल्याएपछि अहिले मलका लागि किसानको भीड लाग्ने गरेको स्थानीयवासी हर्कहबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा कम्तीमा पनि २५ टन मल आवश्यक पर्छ, अहिले व्यापारीले चार टन मल ल्याएपछि केही राहत भएको छ ।” कैलालीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडबाट यहाँका व्यापारीले मल ल्याएका हुन् । 

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले कम्पनीमा मल पठाउनका लागि आग्रह गरेपछि बल्ल जिल्लामा मल आएको हो । डिएपी मल आए पनि युरिया मल भने अहिलेसम्म आउन सकेको छैन । कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया मल नभएका कारण पठाउन नसकिएको कम्पनीले जनाएको छ । भारतबाट नै मल नआएका कारण यहाँका जिल्लामा मल पठाउन नसकिएको कम्पनीको दाबी छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x