एन आई सी एशिया बैंकको वडादशै, शुभ दिपावली, नेपाल संवत् तथा छठपर्व लक्षित ‘डिजिटल उत्सव’ योजना

ज्ञानमाण्डू।गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई उल्लासमय बनाउने उद्देश्यले आफ्ना ग्राहक महानुभावहरू समक्ष आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । यस योजना अनुसार बैंकका ग्राहक महानुभावहरूले १ कार्तिक देखि ५ मंसिर २०७७ सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ता (CashBack) को लाभ लिन सक्नुहुने बैंकले जनाएको छ । 

फाइदा नै फाइदाले भरिएको यस ऐतिहासिक योजनामा बैंकका मोबाइल बैंकिङ्ग (MoBank) तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा निम्न अनुसार ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याज प्राप्त गर्न सक्नुहुनेछ :

बैंकले ल्याएको यस अतुलनीय ‘डिजिटल उत्सव’ योजना अन्तर्गत ग्राहक महानुभावहरूले विभिन्न इलेक्ट्रोनिक्स सामग्री, गरगहना, ग्याजेट, सवारी साधन, खाद्यान्न, हेलिकप्टर टुर लगायत विभिन्न सामग्रीहरू सर्वाधिक नगद छुट तथा क्यास ब्याकमा खरिद गरी यो वर्षको चाडपर्वमा खुसीयाली थप्न सक्नुहुनेछ । उक्त खुसीयालीमा बैंकले आफुलाई साथीको रुपमा उभ्याई ग्राहक महानुभावहरूको चाडपर्वलाई यादगार बनाउने लक्ष्य लिएको छ । ग्राहक महानुभावहरूलाई चाडपर्वका बेला अत्यावश्यक हुने विभिन्न सामग्री खरिद गर्न सहज एवं सुलभ बनाउनका निमित्त बैंकले विभिन्न ब्राण्ड तथा स्टोरहरूसँग समझदारी गरी आकर्षक छुटको व्यवस्था गरेको हुँदा अवसरको समयमै फाइदा उठाउनुहुन बैंक सम्पूर्ण ग्राहक महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछ ।देशव्यापी Covid-19 महामारीका कारण सामाजिक दुरी कायम राख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई बैंकले आफ्नो उत्तरदायित्व महसुश गर्दै वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वको अवसरमा ग्राहक महानुभावहरूलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरू खरिद गर्न ल्याएको ‘डिजिटल उत्सव’ योजना सहज एवं सुरक्षित हुने बैंकको विश्वास रहेको छ । चाडपर्वको कोशेलीस्वरूप ल्याइएको यस योजनाले आम ग्राहक महानुभावहरूको समेत डिजिटल कारोबारमा पहुँच पु¥याउदै मुलुकमा नगदरहित कारोबारको विस्तार गर्न थप सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ ।

डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप विभिन्न सेवा तथा सुविधाहरूलाई डिजिटलमैत्री बनाउदै ग्राहक महानुभावहरूलाई समेत डिजिटल कारोबार तथा सेवा तर्फ आकर्षित गरिरहेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न अनलाइन किनमेललाई प्रोत्साहन गर्न Sastodeal, Gyapu Marketplace, Thulo Pasal, Infistore, Okdam र Kalmart जस्ता ई–कमर्शबाट बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ताको योजना २७ असोज देखि १ कार्तिक २०७७ सम्म र ग्राहक महानुभावहरूले MoBank बाट भुक्तानी गर्दा Happy Hour योजनाबाट रू. ४००/–, Super Six Campaign योजनाबाट रू. ५००÷– तथा अनलाइनबाट खाता खोली पहिलोपटक MoBank मार्फत कारोबार गर्दा रू. ५००/– गरी मासिक रुपमा रू. १,४००/– सम्मको नगदफिर्ताको योजना समेत बैंकले सञ्चालन गरिरहेको छ । साथै बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । 

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै डिजिटल कारोबार गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई Cashless Economy बनाउन सहयोग पु¥याउन बैंकले यस प्रकारका योजनाहरू कार्यान्वयनमा ल्याइरहेको कुरा बैङ्कले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ। 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x