अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गरिँदै

ज्ञानमाण्डू।डिभिजन सडक कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा डिभिजनले योजना बनाउँदा पैदलयात्रु मार्ग निर्माणमा ध्यान दिने गरी योजना बनाएको हो । सिंहदरबार आसपासका क्षेत्रमा अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण शुरु भइसकेको डिभिजन प्रमुख कुबेर नेपालीले बताए । प्रमुख नेपालीका अनुसार डिभिजनले पैदलयात्रुको चाप बढी भएका सडकमा पहिलो चरणमा पैदलयात्रु मार्ग अघि बढाउँदैछ । उनले भने , “बिस्तारै सबै सडकमा यसलाई बिस्तार गर्दै लगिनेछ ।”

डिभिजनले बढी चाप भएका सडकसँगै निर्माणका क्रममा रहेका सडकमा समेत अपाङ्गतमैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने योजना बनाएको छ । हाल निर्माण भइरहेको गौशाला–चावहिल सडकमा यसलाई अघि बढाइएको प्रमुख नेपालीले बताए । त्यस्तै, सडक निर्माणका लागि निर्माणस्थल खाली भइरहेको कोटेश्वर–जडीबुटी सडकमा पनि पैलयात्रु मार्ग निर्माण गरिने भएको छ । गत वर्षमा आवधिक मर्मतको काम गरेर खाल्डाखुल्डी धेरै ठाउँमा हटाएको डिभिजनले यस बर्ष पैदलयात्रु मार्गतर्फ ध्यान दिएको हो । प्रमुख नेपालीले भने, “सरल, सहज र अपाङ्गतामैत्री पैदलयात्रु मार्ग बनाउँदा सबैलाई हिँड्न सजिलो हुनेछ ।” डिभिजनले सङ्घीय सरकारअन्तर्गत सडकको मर्मत र स्तरोन्नतिको काम गर्दै आएको छ । सङ्घअन्तर्गत धेरै सडकमा पैदलयात्रु मार्ग छैन । कतिपय स्थानमा भए पनि अपाङ्गता भएका व्यक्ति मात्रै मात्रै होइन अरु पैदलयात्रुलाई समेत आवतजावत कठीन हुने किसिमको रहेको देख्न सकिन्छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x