'टेरापे'(TerraPay) र जि.एम.इ रेमिट प्रा.लि बिच रेमिटान्स सम्झौता

ज्ञानमाण्डू।विश्वको ख्याति प्राप्त डिजिटल रेमिटान्स कम्पनी 'टेरापे'(TerraPay)  र जि.एम.इ रेमिट प्रा.लि बिच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएको छ ।

जि.एम.इ रेमिटको माध्यमबाट विश्व भर रहेको 'टेरापे'(TerraPay)  का सम्पूर्ण एजेन्टहरुबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ । 

नेपालमा जि.एम.इ. रेमिटसँग आबद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै रकम भक्तानी लिन मिल्ने गरीे खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ ।   

उक्त सम्झौतामा जि.एम.इ. रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक ७नतसी दिवाकर पौडेल र टेरापे ९त्भचचबएबथ० को तर्फबाट निर्देशक ७नतसी दिल्शाद राजबली ले हस्ताक्षर गरेका छन् ।

जि.एम.इ. रेमिट प्रा.लि ले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x