नेपाल बङ्गलादेश बैङ्कको नाफा ४१ कराेड, प्रतिशेयर आम्दानी कति ?

nepal bangladesh bank
ज्ञानमाण्डू। नेपाल बङ्गलादेश बैङ्कको नाफा २७.९३ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैङ्कले ५७ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा बैंकले ४१ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

९ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल बङ्गलादेश बैङ्कले ७७ अर्ब ८८ कराेड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब १४ कराेड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब १९ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ५५ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २.२६ प्रतिशतले घटेर ६७ करोड ६५ लाख रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ८ कराेड ९४ लाख रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.७१ प्रतिशत र प्रतिशेयर आम्दानी १८ रुपैयाँ २९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९५ पैसा र पछिल्लाे काराेबार मूल्य रू ३८०.१८ काे आधारमा मूल्य आम्दानी अनुपात २०.७८ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x