धितोपत्र बजारमा एकल अङ्ककाे गिरावट, नेप्से २१९३.४८ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ७६ अंकले घटेर २१९३ दशमलव ४८ को विन्दुमा कायम भएको छ । यता सेन्सेटिभ परिसूचकमा भने कुनै परिवर्तन भएकाे छैन।


आज कूल २१७ कम्पनीहरूका ७८ लाख १३ हजार १०२ कित्ता शेयर रु ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य ट्रेडिङ उपसमूह ४३ दशमलव ४२ अङ्कले, जलविद्युत उपसमूह २८.२९ अङ्कले, वित्त उपसमूह २४.२८ अङ्कले, उत्पादन उपसमूह शुन्य दशमलव ९२ अङ्कले, लघुवित्त उपसमूह ४१.६६ अङ्कले र सामूहिक लगानी कोष शुन्य दशमलव ०३ अङ्कले बढेका छन्। यता, बैंकिङ उपसमूह ६ दशमलव २६ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह २८.३२ अङ्कले, विकास बैंक उपसमूह २२.३५ अङ्कले, निर्जीवन बीमा ७.६६ अङ्कले, अन्य उपसमूह १७.३१ अङ्कले, जीवन बीमा उपसमूह ६२.६३ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ४४ अङ्कले घटेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x