नेपाल इन्भेष्टमेण्ट बैंकको नाफा २ अर्ब ५७ करोड

ज्ञानमाण्डू। नेपाल इन्भेष्टमेण्ट बैंकको नाफा २२.६४ प्रतिशतले घटेकाे छ । आ.व. २०७५/७६ को चाैथाे त्रैमास सम्ममाबैङ्कले ३ अर्ब ३२ करोड ४१ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब ५७ करोड १६ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ । 

 
१४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्भेष्टमेण्ट बैंकले १ खर्ब ६६ अर्ब ३६ करोड २१ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब ४५ करोड ७५ लाख १३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ११ अर्ब ४१ करोड ५५ लाख ९५ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ६२ कराेड ३१ लाख रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.६९ प्रतिशतले घटेर ५ अर्ब ७६ करोड १ लाख ९७ हजार रुपैयाँ पुगेकाे छ ।
 
त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ६५ करोड २३ लाख ६६ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात २.९१ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ७४ पैसा छ र मूल्य आम्दानी अनुपात २३.८८ गुणा छ ।

Nepal Investment Bank

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x