अब काठमाडौँ महानगरपालिकाकाे सबै सेवा एकै स्थानबाट

ज्ञानमाण्डू। काठमाडौँ महानगरपालिकाले आफ्ना सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने भएको छ । विभिन्न १३ विभाग रहेको कामपाले भूकम्पपछि ११ स्थानबाट सेवा प्रदान गर्दै आएको थियो । सेवाग्राहीको समस्यालाई ध्यान दिँदै आगामी दिनमा एकै स्थानबाट सेवा प्रदान गर्न लागेको कामपाको भनाइ रहेको छ । यसअघि कामपाले एकै स्थानबाट सेवा प्रदान गर्न भवन नभेटेको जनाउँदै विभिन्न स्थानमा छरिएर सेवा दिएको थियो ।

आगामी दिनमा नेपाल ट्रष्टसँग भाडा सम्झौता गरी काठमाडौँ प्लाजामा सर्न बाटो खुलेसँगै सेवाग्राहीलाई सहज हुने भएको हो । ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रालिबीच भएको लिज/भाडा सम्झौता २०७७ असार २ गते सकिएसँगै उक्त भवन भाडामा बस्नका लागि कामपालाई पनि सहज भएको छ । कामपाले अहिले मासिक भाडका लागि करिब रु २९ लाख खर्च गरिरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x