एनआरएनएले रगत सङ्कलन बस उपलब्ध गराउने साथै सार्वजनिक शौचालय पनि बनाउने

ज्ञानमाण्डू । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा सङ्घले रगत सङ्कलन गर्न मोबाइल बस सेवाअन्तर्गत पहिलो बस अबको केही महिनाभित्र उपलब्ध गराउने तयारी रहेको सङ्घका सचिव गौरीराज जोशीले जानकारी दिएका छन् । झण्डै रु एक करोड लागतमा दुई रगत सङ्कलन मोबाइल बसको प्रबन्ध गर्ने गरी सङ्घले योजना अघि बढाएको उनको भनाइ छ । सचिव जोशीले पहिलो बस उपलब्ध गराउनका लागि आवश्यक पर्ने रकम बराबरको सहयोगको प्रतिबद्धता आइसकेकाले अहिले कोरोनाले प्रभावित अवस्था सामान्य भए अक्टोबरसम्ममा पहिलो बस उपलब्ध गराइने उल्लेख गरेका छन् । त्यसलगत्तै फेरि आर्थिक सहयोग सङ्कलन गरी अर्को बस उपलब्ध गराइने जानकारी जोशीले दिएका छन् ।

सङ्घले रगत सङ्कलन बस सेवादेखि लिएर रगत अनुसन्धान केन्द्र निर्माणका लागि चितवनलाई रोजेको छ । चितवनको भरतपुर नगरपालिकाले समेत केन्द्रका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराइसकेको छ । अनुसन्धानमूलक रूपमा बहुआयामिक महत्वका साथ अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको बताउँदै सचिव जोशीले अनुसन्धान केन्द्रलाई चरणबद्ध विकास गरिने र सोहीअनुरूप पहिलो चरणमा ल्याबसहितको केन्द्र बनाएर शुरुआत यसै वर्ष गर्ने तयारी सङ्घको रहेको जानकारी दिएका छन् ।

“अनुसन्धान केन्द्र निर्माण भए यसले धेरै दृष्टिकोणबाट नेपालको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्छ । यसलाई हामीले निकै महत्वको प्रोजेक्ट मानेर काम अघि बढाएका छौँ”, सचिव जोशीले भने, “रगतसँग सम्बन्धित अनुसन्धानका लागि एउटा महत्वपूर्ण स्थल यो केन्द्र बन्नेछ । यसमा धेरैको सहकार्य हुन सक्दछ । अनुसन्धानकर्मी र मेडिकल विद्यार्थीका लागि यो एउटा अनुसन्धान थलो बन्नेछ ।”

नेपालको लगभग मध्यभागमा रहेको र दुर्घटनाको चार्टहरु हेरेर केलाउँदा चितवनबाट लगभग १२ देखि १७ जिल्लामा रगतको व्यवस्था गर्नुपर्ने देखिएकाले चितवनलाई रोजिएको सचिव जोशीले बताएका छन्।

यसैगरी सङ्घले काठमाडौँमा सार्वजनिक शौचालय निर्माण गर्ने पूर्ववत् निर्णयअनुरूप पहिलो सार्वजनिक शौचालय कलङ्कीमा आउँदो छ महिनाभित्र निर्माण गरिसक्ने भएको छ । काठमाडौँमा व्यस्त पाँच स्थानमा सार्वजनिक शौचालय बनाउने सङ्घको तयारीअनुरूप पहिलो शौचालय कङ्लकीमा निर्माण गरिने तथा त्यसको सञ्चालन प्रक्रिया र संरक्षणको अवस्था हेरी थप स्थानमा शौचालय बनाइने सचिव जोशीले जानकारी दिए ।
काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सङ्घले सार्वजनिक शौचालय बनाउने गरी योजना अघि सारेको थियो । “निर्माणभन्दा पनि यसको सञ्चालन र संरक्षणको विषय महत्वपूर्ण हो । त्यसका लागि हामीले काम गरिरहेका छौँ”, सचिव जोशीले राससलाई भने, “अहिले कलङ्कीमा एउटा शौचालय छ महिनाभित्र बनाइसक्छौँ, अनि यसलाई हेरेर बाँकी योजना अघि बढाइनेछ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x