तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण

ज्ञानमाण्डू।नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका नौ सदस्यको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

सोमबार सात जनामा कोभिड सङ्क्रमण देखिएको थियो । चालक दलका अन्य सात जनाको पिसिआर परीक्षण गर्दा थप दुई जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको प्रवक्ता खड्काले उल्लेख गरिन् । निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेन्टिनमा बसेका थिए । 

निगमले अत्यावश्यक स्वास्थ्य सामग्री तथा स्वास्थ्य मापदण्डमा रहेर उडान सञ्चालन गरिरहेको थियो । निर्धारित उडान सकेर क्वारेन्टिनबाट घर पठाउने क्रममा पिसिआर परीक्षण गर्दा पाइलटसहित चालक दलका सदस्यलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । निगम व्यवस्थापनले थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडान यथावत् सञ्चालन हुने पनि जनाएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x