एभरेष्ट बैङ्कको नाफामा ४३.७७ प्रतिशतको वृद्धि, लाभांश दिन सक्ने क्षमता कति ?

everest bank

ज्ञानमाण्डू। एभरेष्ट बैङ्कको नाफा ४३.७७ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ७७ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

९ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एभरेष्ट बैङ्कले १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ९ अर्ब ९ करोड रुपैयाँ र सञ्चित मुनाफा ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३७.१५ प्रतिशतले बढेर ५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफाकाे आधारमा एभरेष्ट बैङ्कले आफ्ना शेयरधनिहरूलाई ४१.१५ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात ०.२४ प्रतिशत र प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८९ पैसा छ भने प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा र पछिल्लाे काराेबार मूल्य रू ४८० काे आधारमा मूल्य आम्दानी अनुपात १७.८५ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x