सानिमा बैंकको नाफा १ अर्ब ६१ करोड

ज्ञानमाण्डू। सानिमा बैंकको नाफा २.७५ प्रतिशतले बढेकाे छ । गत आ.व.को तेस्रो त्रैमाससम्ममाबैङ्कले १ अर्ब ५७ करोड ५३ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो भने चालु आ.व.को तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ६१ करोड ८७ लाख २२ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।  

८ अर्ब ८० करोड १३ लाख ८१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा
बैंकले १ खर्ब ८० करोड ६५ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ११ करोड ९८ लाख ३८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब २४ करोड ९७ लाख ७४ हजार रुपैयाँ र संचित मुनाफा ६४ कराेड ३७ लाख ३२ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ११.०६ प्रतिशतले
बढेर ३ अर्ब २४ करोड २७ लाख ६३ हजार रुपैयाँ पुगेकाे छ । बैंङ्कमा निष्कृय कर्जा अनुपात ०.१६ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ५२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ २४ पैसा छ र मूल्य आम्दानी अनुपात १३.२१गुणा छ ।

As on  30th Chaitra 2076 BS

विवरण
तेस्रो त्रैमास २०७६
      (रू हजारमा)
चुक्ता पुँजी
रू ८,८०,१३,८१
निक्षेप संकलन
रू १,००,८०,६५,८६
कर्जा लगानी
रू ९२,११,९८,३८
खुद ब्याज आम्दानी
रू ३,२४,२७,६३
नाफा/(नाेक्सान)
रू १,६१,८७,२२
जगेडा कोष
रू ३,२४,९७,७४
संचित मुनाफा
रू ६४,३७,३२
निष्कृय कर्जा
०.१६%
प्रतिशेयर आम्दानी
२४ रुपैयाँ ५२ पैसा
प्रतिशेयर नेटवर्थ
१४४ रुपैयाँ २४ पैसा
आम्दानी अनुपात
१३.२१ गुणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x