कोरोनाको भयले अस्पतालमा भीड

ज्ञानमाण्डू।विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको चौतर्फी जोखिम बढेसँगै धौलागिरि अञ्चल अस्पतालमा कोरोनाको भय लिएर आउनेको सङ्ख्या बढ्दो छ । सामान्य रुघाखोकी र ज्वरो आएका बिरामी कोरोनाको आशङ्कामा हतास बनेर आउने क्रम बढेको अस्पतालले जनाएको छ । 

देश विदेशमा कोरोनाको चर्चा सुनेको र यही बेलामा रुघाखोकी लागेकाले कोरोना आशङ्कामा परीक्षणका लागि अस्पताल आएको जैमिनी नगरपालिकाका विष्णु थापाले बताए । “जताततै कोरोनाकै चर्चा सुनेर मनमा एक किसिमको डर हुन्छ,” थापाले भने , “यस बेलामै रुघा लाग्ने, घाँटी दुख्ने गरेकाले अस्पतालमा परीक्षण गर्न आएको हुँ ।”

दीर्घरोगीलाई छिटो सङ्क्रमण हुने भन्दै अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएको लामो समयदेखि मुटु रोगबाट पीडित भइरहेकी एैसरा रानाले जानकारी दिइन् । धौलागिरि अञ्चल अस्पतालमा व्यावहारिक अभ्यासका लागि प्राविधिक विद्यालयबाट आएकी श्रृष्टि बराइलीले बच्चाहरूलाई सामान्य रुघखोकी लाग्दा पनि कोरोना लाग्यो भन्दै आत्तिँदै आउने गरेको बताए । “यो मौसम परिवर्तनको समय भएकाले रुघाखोकी र भाइरल ज्वरो धेरैलाई लाग्न सक्छ,” धौलागिरी शिक्षा प्रतिष्ठान एचए तेस्रो वर्षमा अध्ययनरत बराइलीले भनिन् , “कोरोना भाइरसको डरले बच्चादेखि पाका मानिसहरू पनि मलाई कोरोना त लागेको छैन भनेर आफैँ सोध्नुहुन्छ । यस्तो सङ्ख्या बढ्दो क्रममा छ ।”

बच्चाहरूलाई अहिले धुलो, धुवाँ र मौसम परिवर्तनका कारण रुघाखोकी, भाइरल ज्वरो आउने भएकाले नआत्तिन स्वास्थ्यकर्मी सुझाउँछन् । यस्ता बिरामीलाई सम्झाइ बुझाइ गर्ने र रगत जाँचसहित परामर्श गरेर पठाउने गरेको बराइली बताउँछिन् । कोरोना सन्त्रासका कारण अहिले अस्पतालमा मास्क किन्न आउने मानिसको सङ्ख्यासमेत बढेको छ । 

कोरोनाका कारण विश्वभर त्रास सिर्जना भएकाले यहाँ पनि विशेष गरेर बच्चाहरूलाई रुघाखोकी, भाइरल ज्वरो आउँदा पनि कोरोना भयो भन्दै आउने सङ्ख्या केही देखिएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी. पोखरेलले बताए । “चौतर्फी चर्चाले होला, आत्तिँदै कोरोना त लागेन भनेर जाँच गर्न आउनेको सङ्ख्या अलि बढी छ,” डा पोखरेलले भने , “हामी उहाँहरूलाई उपचार मात्र होइन कोरोनाको विषयमा परार्मशसमेत प्रदान गर्दछौँ ।” 

पोखरेलका अनुसार सामान्य रुघाखोकी लाग्नासाथ कोरोना आशङ्काले अस्पताल आउन थालेको भन्दै अहिले दैनिक ४०० को हाराहारीमा बिरामी अस्पताल आउन थालेका छन् । अहिलेसम्म धौलागिरि अस्पतालमा त्यस्तो उच्च जोखिमका बिरामी फेला नपरेको डा पोखरेलको भनाइ छ । कोरोनाको सम्भावित बिरामी सङ्क्रमण भएको अवस्थामा पनि छुट्टै कक्षमा राखेर उपचार गर्ने गरी अस्पतालमा दुई शय्यासहितको आइसोलेसन वार्डको व्यवस्था गरिएको डा पोखरेलले जानकारी दिए । कोरोना फैलिएको देशबाट आएका, सामान्य रुघाखोकी, ज्वरोभन्दा उच्च जोखिम भएका, श्वासप्रश्वासमा समस्या देखिएका मानिसहरू भेटिएमा उनीहरूलाई छुट्टै राखेर जाँच गर्ने, परामर्श, उपचार गर्ने व्यवस्था मिलाइएको पोखरेल बताउँछन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x