सर्जिकल मास्क अभाव

ज्ञानमाण्डू।प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल मास्क अभाव देखिएको छ । 

नेपालमा पनि कोभिड – १९ को संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महँगो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौँ निर्यात गरेपछि अभाव सिर्जना भएको हो । नेपाल औषधि व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा रहेका करीब १०० मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल मास्क मौज्दात नरहेको जानकारी दिए । “डिलरमै मास्क छैन, हामीसँग भएको पनि सकियो” , उनले भने , “एक महिनादेखि मास्क ल्याउने प्रयास गरेका छौँ, कतै पाइएको छैन ।” 

वीरेन्द्रनगरमा सर्जिकल मात्र नभई कपडाका मास्क पनि अभाव देखिन थालेको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घ, रेडिमेड तथा वस्तुगत समितिका अध्यक्ष खड्कप्रसाद ढकालले कपडाका मास्क पनि विस्तारै अभाव देखिन थालेको जानकारी दिए । कपडाको मास्क किन्ने ग्राहकको सङ्ख्या बढेको उनले बताए । 

यसैबीच काठमाडौँबाट सुर्खेत आएका एक युवकलाई ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ । बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवकमा १००.५ डिग्री सेल्सियस ज्वरो देखिएको हो । जापानबाट कोरिया हुँदै उनी नेपाल आइपुगेको बताइएको छ । उनलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ । 

अस्पतालका निर्देशक डा डम्बर खड्काले ज्वरो बढी देखिएकाले उनलाई पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिए । उनले भने  “ती युवकलाई तत्काल आइसोलेशनमा राख्नुपर्ने अवस्था रहेको छैन । ” प्रदेश सरकारले विश्वमा महामारीका रुपमा फैलिएको सो भाइरसबाट सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएपछि दैनिक स्वास्थ्य जाँच शुरु गरिएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x