भरतपुर विमानस्थलमा स्वास्थ्य कक्ष

ज्ञानमाण्डू।नोबेल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि पुनः स्वास्थ्य कक्ष ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो ।

गएको माघ २२ गतेबाट दुई हप्ता कक्ष सञ्चालन गरिएको भए पनि त्यसपछि बन्द गरिएको थियो । हेल्थ डेस्क पुनः आजदेखि सञ्चालनमा ल्याइएको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरले बुधवार महानगरपालिकालाई पत्रचार गरी स्वास्थ्य कक्ष सञ्चालन गरिदिन अनुरोध गरेको थियो । प्राधिकरण, महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनको सहकार्यमा स्वास्थ्य कक्ष स्थापना गरिएको हो । महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका सहसंयोजक सूर्य तिवारीका अनुसार दुई जना प्यारामेडिक्स र एक जना नर्सिङ स्टाफ कक्षमा रहेका छन् । उनीहरूले जहाजबाट झरेका यात्रुहरूको अवस्था बुझेर शङ्कास्पद देखिएमा तत्काल अस्पताल पठाउने छन् । 

विदेशबाट आएका यात्रु र रुघाखोकी लागेका यात्रुको स्वास्थ्य परीक्षण गरिनेछ । ती बिरामीका कोरोना भाइरसको लक्षण देखिएमा भरतपुर अस्पतालमा रहेको आइसोलेशन कक्षमा पठाइने व्यवस्था मिलाइएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले चितवन पर्यटकीय जिल्लासमेत भएकाले विदेशी र स्वदेशी यात्रुहरू धेरै आउने हुँदा जोखिम हुन सक्ने भन्दै बेलैमा सजग भएर स्वास्थ्य कक्ष पुनः सञ्चालनमा ल्याइएको बताए । बिचको समयमा त्रास कम भएसँगै रोकिएकामा पुन सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । 

यस्तै कार्यालयले आज सूचना जारी गरी हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउनेहरूलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ । सूचनामा कोरोनाको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुहरूलाई हवाई यात्रा तथा विमानस्थल क्षेत्र प्रवेश नगर्न अनुरोधसमेत गरेको छ । भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा दैनिक ११ वटा उडान हुँदै आएका छन् । ती जहाजबाट दैनिक आठ सय हाराहारी यात्रु आवतजावत गर्दछन् । 

दुई महोत्सव स्थगित: 

कोरोना रोगको सङ्क्रमण हुन सक्ने भन्दै जिल्लामा सञ्चालन भइरहेको एउटा र हुन लागेको अर्को एउटा महोत्सव स्थगित गरिएको छ । स्थानीय प्रशासनको पहलमा सञ्चालन भइरहेको भरतपुर महोत्सव आजदेखि स्थगित भएको छ । 

यही फागुन १६ गतेदेखि सञ्चालनमा आएको महोत्सव ६ दिनमा नै बन्द गरिएको हो । महोत्सव फागुन २७ गतेसम्म सञ्चालन गर्ने भनिएको थियो । त्यसैगरी राप्ती नगरपालिकाको परेवाकोटमा बुधबारदेखि सुरु गर्न लागेको महोत्सव पनि रोकिएको छ । पश्चिम चितवनमा भइरहेको मेघौली महोत्सव पनि स्थगित गर्नका लागि स्थानीय प्रशासनले ताकेता गरेको छ । 

मेला महोत्सव नगर्न महानगरको अनुरोध :

भरतपुर महानगरपालिकाले स–साना पारिवारिक जमघट, भेटघाट बाहेकका जात्रा, पर्व, मेला, महोत्सव जस्ता कार्यक्रम सञ्चालन नगर्न अनुरोध गरेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले हस्ताक्षर गरी जारी गरिएको सूचनामा त्यस्ता कार्यक्रममा सहभागी नहुनसमेत अनुरोध गरिएको छ । यस सूचना विपरीत यस्ता कार्यक्रम सञ्चालन गरेमा नियमानुसार कारबाही हुने जनाइएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x