माछापुच्छ्रे बैङ्कको नाफामा ३६.३ प्रतिशतकाे वृद्धि

Machhapuchchhre Bank Limited

ज्ञानमाण्डू। माछापुच्छ्रे बैङ्कको नाफा ३६.३ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ५७ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब १४ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१० अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको माछापुच्छ्रे बैङ्कले १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब ३२ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ३२ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १६.५५ प्रतिशतले बढेर ५ अर्ब ७ करोड रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब ३२ कराेड रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात ०.८४ प्रतिशत र प्रतिशेयर आम्दानी २१ रुपैयाँ ०७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७ पैसा र पछिल्लाे काराेबार मूल्य रू २४२ काे आधारमा मूल्य आम्दानी अनुपात ११.४८ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x