खाना महोत्सवको तयारी अन्तिम चरणमा : मौलिक खानाका परिकारले पाहुनाको स्वागत गरिने


ज्ञानमाण्डू।धनगढीमा यही फागुन १४ देखि २० गतेसम्म सञ्चालन हुने ‘प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६’ को तयारी अन्तिम चरणमा पुगेको छ । होटेल व्यवसायी सङ्घ कैलालीको आयोजनामा धनगढी उपमहानगरपालिका–१ स्थित खुलामञ्चमा हुने खाना महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सङ्घका अध्यक्ष कमल बमले जानकारी दिए । 

सुदूरपश्चिमका सम्पूर्ण जिल्लाका परम्परागत खानाका परिकार, यस क्षेत्रको विशेष महत्त्व बोकेको तथा प्रचलित खानाका परिकार र विभिन्न समुदाय तथा जातजातिका खानाका परिकारलाई उनीहरूकै वेषभूषा, संस्कार र संस्कृति झल्किने गरी महोत्सवमा खुवाउने तयारी गरिएको अध्यक्ष बमको भनाइ छ । 

“सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका परम्परागत खानाका परिकार पस्किने तयारी गरेका छौँ”, अध्यक्ष बमले भने, “संस्कार र संस्कृति जोगाउनका लागि यो प्रयास गरिएको हो, स्थानीय खानाका मीठा परिकारमा गतानी डुब्का, रोटी, माणा, निसौसे, बाबर, बटुक, ढिक्री, अन्डीभातलगायत मुख्य छन् ।” 

महोत्सवमा २८ प्रदर्शनी कक्षमा स्थानीय परिकार मात्र रहनुका साथै एक हजार लिटरको भाडामा फाणो पकाउने तयारीसमेत गरिएको बताइएको छ । परम्परागत खानपानका परिकार स्वास्थ्यका लागि लाभदायक, जैविक तथा विषादीरहित छन् भनेर प्रचारप्रसार गर्नु, स्थानीय स्तरमा उत्पादित जैविक खाद्यवस्तुलाई उपभोग गर्ने बानीको विकास गर्नु र नयाँपुस्तालाई मौलिक खानाका परिकारको विषयमा जानकारी गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको बताइएको छ । 

सुदूर पश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको ‘विश्व नेपाली साहित्य महोत्सव’सँग सहकार्य गरेर आयोजना गर्न लागिएको खाना महोत्सवमा सुदूरपश्चिम प्रदेशको मौलिक खानाका परिकारले पाहुनाको स्वागत गर्ने तयारी गरिएको छ । एक सातासम्म चल्ने महोत्सवमा प्रवेश निःशुल्क हुने आयोजकले जनाएको छ । 

महोत्सवको मुख्य प्रायोजक जाउलाखेल ग्रुप अफ इण्डष्ट्रिज रहेको छ । त्यसै गरी प्रायोजकका रूपमा ओम ट्रेड डिपार्टमेन्टल स्टोर, होटेल जलसा प्रालि, होटेल सनलाइट प्रालि, आफ्नो घर टेम्पल रिसोर्ट प्रालि छन् । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुका साथै ‘पर्यटन भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ । महोत्सवको उद्घाटन विभिन्न जातजातिका पञ्चकन्याबाट गरिने बताइएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x