ग्लोबल आइएमई बैङ्कको नाफा ५ अर्ब २० करोड, लाभांश दिन सक्ने क्षमता कति ?


ज्ञानमाण्डू। ग्लोबल आइएमई बैङ्कको नाफा २५ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ४ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ५ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । बैङ्कको निष्क्रिय कर्जा घट्दा नाफामा वृद्धि हुन टेवा पुगेको देखिन्छ ।

२३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैङ्कले २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १० अर्ब १५ करोड रुपैयाँ र सञ्चित मुनाफा ३ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर १० अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा ३ अर्ब १९ करोड रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफाकाे आधारमा ग्लोबल आइएमई बैङ्कले आफ्ना शेयरधनिहरूलाई १३.४५ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात १.२२ प्रतिशत र प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा र मूल्य आम्दानी अनुपात ११.४९ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x