नेपालको एकदिवसीय बरियतामा सुधार

ज्ञानमाण्डू।अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) को एक दिवसीय बरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ । यसअघिको बरीयतामा नेपाल १७औँ स्थानमा थियो । 

हालै नेपालले घरेलु मैदानमा विश्व क्रिकेट लिग दुईमा आफ्नो प्रदर्शनमा सुधार गरेका कारण एक स्थान माथि उक्लिन सफल भएको हो । लिग दुईमा नेपालले अमेरिकासितको दुवै खेल जितेको थियो । ओमानसितको दुवै खेलमा भने नेपाल पराजित भएको थियो । 

नयाँ बरियताअनुसार नामिबिया, युनाइटेड अरब इमिरेटस् (युएई), अमेरिका र पपुवा न्युगिनी नेपालभन्दा पछाडि रहेका छन् । बरियताअनुसार शीर्ष स्थानमा बेलायत रहेको छ । दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा दक्षिण अफ्रिका र पाँचौँ स्थानमा अस्ट्रेलिया छ । 

आइसिसी विश्व टी २० बरीयतामा भने नेपाल १२औँ स्थानमा यथावत् छ । व्यक्तिगततर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले आफ्नो बरीयतामा सुधार गरेका छन् भने पारस खड्का यथावत् अवस्थामा छन् । बलिङमा सन्दिप ८४औँ स्थानमा छन् । यसअघि उनी ८५औँ स्थानमा थिए । यसअघि ७५औँ स्थानमा रहेका करन ७४औँ स्थानमा पुगेका छन् । 

यस्तै अलराउण्डरतर्फ पारस २७औँ स्थानमा यथावत् छन् । ब्याटिङतर्फ पारस ६२औँ स्थानमा यथावत् छन् । समोपाल कामी पनि ६५औँ स्थानमा यथावत् छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x