७५ फिट उचाइ भएको हनुमान मूर्ति

ज्ञानमाण्डू।बाँकेको कोहलपुर नगरपालिका–३ मदन चोकस्थित शङ्कर मन्दिर परिसरमा हनुमानको पूर्णकदको मूर्ति निर्माण भइरहेको छ । 

मदन चोकका स्थानीय समाजसेवी द्रोणप्रसाद जैसीको व्यक्तिगत लगानीमा मूर्ति निर्माण भइरहेको हो । दुई वर्षअघि निर्माण सुरु गरिएको मूर्तिको करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । 

शङ्कर भगवान् मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका जैसीले आफ्ना स्व मातापिताको सम्झनामा मन्दिर परिसरमा हनुमानको पूर्णकदको मूर्ति निर्माण गरिरहेको बताए । उनका अनुसार मदन चोकको शङ्कर मन्दिरको परिसरमा निर्माण भइरहेको हनुमानको मूर्ति नेपालकै सबैभन्दा ठुलो हो । यसको उचाइ ७५ फिट छ । 

धार्मिक क्षेत्रका रूपमा रहेको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पनि निर्माण गरिएको उनको भनाइ छ । मूर्ति निर्माण गर्दा रु १७ लाख लाग्ने अनुमान गरिएको भए पनि हालसम्म रु १९ लाख खर्च भइसकेको छ । अब बाँकी कामका लागि रु २३ लाख लागत लाग्ने उनको भनाइ छ । 

“मूर्ति निर्माणका लागि हालसम्मको सम्पूर्ण खर्च मैले व्यहोरेको छु,” उनले भने , “व्यक्तिगत लगानीमा बनाउने भएकाले बाँकी काम सम्पन्न गर्नका लागि मैले नै लगानी गर्छु ।” मूर्ति निर्माण भइसकेपछि यहाँको पर्यटन क्षेत्रमा सघाउ पुग्ने जैसीको विश्वास छ । उनले भने , “जीवनभर जति सम्पत्ति कमाए पनि कम हुन्छ, आखिर मरेर के नै लैजानु छ र !” 

जिन्दगीभर कमाएको सम्पत्ति धार्मिक क्षेत्रमा लगानी गरेमा पुण्य होला भनेर लगानी गरेको उनले बताए । “सामाजिक स्वार्थबाहेक अन्य कुनै पनि किसिमको स्वार्थ छैन,” जैसीको भनाइ छ । उक्त मूर्ति निर्माणका लागि ठुलो परिमाणमा नरिवलको डोरी, सिमेन्ट, बालुवा, ढुङ्गा, माटो र इँटाको प्रयोग भएको छ । मूर्तिको बाहिरी आवरण कलात्मक हुनेछ । 

केही महिनामा सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने भए पनि मूल सडकबाट मूर्तिस्थलसम्म पुग्नका लागि भौतिक पूर्वाधार अभाव रहेको उनले बताए । करिब २० मिटरको कच्ची बाटो भएकाले लैजान समस्या हुने भन्दै सडक कालोपत्र गर्नका लागि वडा कार्यालयसँग समन्वय भइरहेको जैसीले जानकारी दिए । 

तीन कट्ठा १३ धुर क्षेत्रफलमा फैलिएको शङ्कर भगवान् मन्दिर पनि जैसीकै सक्रियतामा निर्माण भएको थियो । मन्दिरका नाममा रहेको उक्त जग्गा नन्दलाल कौशल र स्व हीरालाल कौशलले निःशुल्क प्रदान गरेका थिए । २०६६ सालमा जागृति आमा समूहमा आबद्ध महिलाले रु चार लाख ८५ हजार सङ्कलन गरी मन्दिरको निर्माण कार्य सुरु गरेका थिए । २०७० सालपछि जैसीकै सक्रियतामा मन्दिर निर्माणले पूर्णता पाएको शङ्कर भगवान् मन्दिर समितिका सचिव छविलाल आचार्यले बताए । उक्त मन्दिर रु २८ लाख ९८ हजार ९८४ लागतमा निर्माण सम्पन्न भएको सचिव आचार्यले जानकारी दिए । मन्दिर निर्माणका लागि ३०० भन्दा बढी दाताबाट रु २७ लाख ८२ हजार ५३१ सङ्कलन भएको थियो । 

मन्दिर निर्माणपछि अझै पनि रु एक लाख २० हजार ४४६ तिर्न बाँकी रहेको सचिव आचार्यले जानकारी दिए । मन्दिरको पर्खाल निर्माणका लागि कोहलपुर नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको छ । हनुमानको मूर्ति निर्माणपछि यहाँको पर्यटन क्षेत्रमा थप सहयोग पुग्ने सचिव आचार्यको विश्वास छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x