आइसीसी विश्वकप लिग दुई : ओमानलाई उछिन्ने प्रयासमा अमेरिका

ज्ञानमाण्डू।आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमान भिड्दै छन् । ओमानलाई उछिन्ने अमेरिकाको आजको खेलमा प्रयास रहनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका ओमानसित दोस्रो पटक खेल्न लागेको हो । यसअघि अमेरिका ओमानसित माघ २३ गते पहिलो खेलमा छ विकेटले पराजित भएको थियो । अमेरिकाको पुरै ध्यान ओमानलाई उछिनेर शीर्ष स्थानमा उक्लिने रहनेछ । ओमान हालसम्म नौ खेलमा सातमा जित तथा दुईमा हारका साथ १४ अङ्कसहित शीर्ष स्थानमा छ । उसको रनरेट राम्रो छैन । अमेरिकाले आजको खेल जिते शीर्ष स्थानमा पुग्नेछ । हालसम्म खेलेको १० खेलमध्ये छ मा जित र चारमा हारेको अमेरिकाले १२ अङ्क बटुलेको छ । 

हालसम्म ओमानले दुई पटक टस जितेको छ । दुवै पटक उसले फिल्डिङ नै रोजेको थियो । पहिलो खेलमा हारेको अमेरिका त्यसको बदला लिने दाउमा छ । ओमानले हालसम्म कीर्तिपुरमा खेलेको तीन वटै खेलमा शतप्रतिशत नजिता निकालेको छ । उसले नेपाललाई दुवै खेलमा पराजित गरेको थियो । ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले तथा दोस्रो खेलमा आठ विकेटले हराएको थियो । ओमानको ब्याटिङ पक्ष बलियो देखिएको छ । 

नेपालसितको दोस्रो खेलमा शतकीय पारी खेलेका अलराउन्डर अकीब इलियासमाथि सबैको ध्यान हुनेछ । तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएका इलियासले हालसम्म तीन खेलमा १९७ रन बनाएका छन् । नेपालसितको पहिलो खेलमा १६ रनमा रनआउट भएका उनले दोस्रो खेलमा अविजित १०९ रन बनाएका थिए । यस्तै इलियासले अमेरिकासितको पहिलो खेलमा ७२ रन बनाएका थिए । इलियासले बलिङ पनि राम्रो गरेका छन् । उनले हालसम्म तीन खेलबाट सात विकेट लिइसकेका छन् । यस्तै ओमानको ब्याटिङ इलियाससँगै कप्तान जेशन मक्सुद, मोहमद नदिम, खबर अलि र सुरज कुमारमाथि निर्भर रहनेछ । ओमान बलिङका लागि इलियाससँगै जेशन मक्सुद, बिलाल खान, कलिमउल्लाह र मोहमद नदीममाथि भर पर्नेछ । नदीमले हालसम्म तीन खेलबाट सात, मक्सुदले पाँच, बिलालले चार तथा कलिम उल्लाहले तीन विकेट लिन सफल भएका छन् । 

यसै गरी अमेरिका ब्याटिङका लागि इयान होल्याण्ड, अक्षय होमराज, मोनाङ्क पटेल, जेभियर मार्शल र आरोन जोन्समाथि निर्भर रहनेछ । अमेरिकाको ओपनिङ खासै जमेको छैन । ओमानसितको पहिलो खेलमा प्रारम्भिक ब्याटस्म्यान मार्शल र आरोनले २५ रनको साझेदारी निभाएका थिए । सो खेलमा मार्शलले १३ रन तथा आरोनले १२ रन बनाएका थिए । नेपालसितको खेलमा पनि उनीहरू सफल हुन सकेका थिएनन् । उक्त खेलमा मार्शलले मात्र दुई रन बनाएका थिए । आरोनले पाँच रन हानेका थिए । अमेरिकाका लागि सबैभन्दा भरपर्दा ब्याटस्म्यान अहिलेसम्म इयान होल्याण्ड देखिएका छन् । उनले ओमानसितको पहिलो खेलमा ६५ रन तथा नेपालसितको खेलमा ७५ रन बनाएका थिए । यसबाहेक अक्षय होमराजले ओमानसितको पहिलो खेलमा ४४ रन बनाउनुबाहेक अन्य ब्याटस्म्यानले उल्लेख्य रन बनाउन सकेका छैनन् । 

यस्तै बलिङतर्फ अमेरिका कप्तान सौरभ नेत्रावाल्कर, केमरुन स्टभेन्सन, स्टेभन टेलर, रुस्टी थेरेन, इयान होल्याण्ड र एलमोर हुचिन्सनमाथि भर पर्नेछ । हालसम्म खेलेका दुई खेलमा केमरुन र सौरभले तीन–तीन तथा अन्यले एक–एक विकेट मात्र लिएका छन् । केमरुनले नेपालसितको खेलमा तीन विकेट लिएका थिए भने सौरभले दुई विकेट लिएका थिए । समग्रमा लिगको शीर्ष स्थानमा उक्लिनका लागि ब्याटिङ, बलिङ र फिल्डिङमा निकै मेहनत गर्नुपर्नेछ । सामान्य खेल प्रदर्शनले उसको शीर्ष स्थानको लक्ष्य पूरा हुनेछैन । ओमान अहिले उत्कृष्ट लयमा छ । उसको ब्याटिङ, बलिङ र फिल्डिङ निकै बलियो छ । यही कारणले हालसम्मका तीन वटै खेलमा जित हात पारेको हो । त्यसैले आजको खेलमा ओमानलाई हराउन अमेरिकालाई सहज हुनेछैन । ओमानको ब्याटिङ लाइनलाई नियन्त्रणमा लिन सके अमेरिकाले जित निकाल्न सक्छ । शीर्ष स्थानमा रही प्रसन्नताका साथ घर फर्किने इच्छा पूरा हुनेछ । अमेरिका र ओमानले गत वर्ष एक दिवसीय मान्यता पाएका हुन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x