नबिल बैंकको नाफा २ अर्ब ४ कराेड



ज्ञानमाण्डू। नबिल बैंकको नाफा ६.२० प्रतिशतले घटेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले २ अर्ब १७ करोड ६८ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो भने अहिले २ अर्ब ४ करोड १८ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१० अर्ब ९ करोड ७४ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नबिल
बैंकले १ खर्ब ६४ अर्ब ३२ करोड ४५ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ३९ करोड ४५ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ११ अर्ब ६७ करोड ६ लाख १८ हजार रुपैयाँ र संचित मुनाफा २ अर्ब १३ कराेड ४ लाख ४३ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४.४२ प्रतिशतले घटेर ३ अर्ब ४५ करोड १६ लाख ८६ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ०.७५ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ४४ पैसा छ भने प्रतिशेयर नेटवर्थ २३६ रुपैयाँ ६८ पैसा छ र मूल्य आम्दानी अनुपात १८.०५ गुणा छ ।

As on  29th Poush 2076 BS


विवरण
दोस्रो त्रैमास २०७६
      (रू हजारमा)
चुक्ता पुँजी
रू १०,०९,७४,९७
निक्षेप संकलन
रू १,६४,३२,४५,३२
कर्जा लगानी
रू १,४१,३९,४५,२३
खुद ब्याज आम्दानी
रू ३,४५,१६,८६
नाफा/(नाेक्सान)
रू २,०४,१८,६१
जगेडा कोष
रू ११,६७,०६,१८
संचित मुनाफा
रू २,१३,०४,४३
निष्कृय कर्जा
०.७५%
प्रतिशेयर आम्दानी
४० रुपैयाँ ४४ पैसा
प्रतिशेयर नेटवर्थ
२३६ रुपैयाँ ६८ पैसा
आम्दानी अनुपात
१८.०५ गुणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x