बढ्दै छ महिलाको गर्विलो उपस्थिति

ज्ञानमाण्डू।गण्डकी प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले महिला भएकोमा गर्व गर्नुपर्ने बताएकी  छिन् । लायन्स क्लब अफ ३२५ बी १ द्वारा शनिवार पोखरामा आयोजित महिला छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाले हरेक क्षेत्रमा आफ्नो ज्ञान, सीप र दक्षतालाई प्रदर्शन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएकी छिन्  । 
प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भनेकी छिन् , “ पछिल्लो समय हरेक क्षेत्रमा महिलाको गर्विलो उपस्थिति बढ्दै गइरहेको छ । आत्मविश्वास जगाइरहेको छ । संसार सुन्दर हुनुमा महिला कुशल व्यवस्थापक भएर भूमिका निभाएकाले सम्भव भएको हो । ” 

एड्भोकेसी फोरमका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार बविता बस्नेतले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक विविध पक्षबाट महिला सशक्त हुन जरुरी रहेको बताटेकी छिन् । पितृसत्तात्मक सामाजिक मूल्यमान्यताका कतिपय जडहरू सामाजिक रूपान्तरणको बाधक भएको बताउँदै अब आफ्नो भूमिकाको खोजी गरेर सामाजिक न्यायका लागि अघि बढ्नु उनले सुझाव दिएकी छिन् । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य भीमा ढुङ्गानाले महिला समाजमा अगाडि रहेको तर सोचले सधैँ पछाडि पारेको बताइन् । उनले गण्डकी प्रदेशले अवलम्बन गरेको पञ्चवर्षीय नीतिमा महिला समानता र सशक्तीकरणको पक्ष र लक्ष्यको बारेमा प्रकाश पारेकी थिइन् । 

कार्यक्रममा डिष्टिक गभर्नर इन्दु लम्सालले लायन्सले महिला सशक्तीकरणलाई जोड दिएर विविध कार्यक्रम गरेको जानकारी दिइन् । हालसम्म लायन्सले दुई हजार २०० लाई सशक्तीकरण तालीम दिएको कार्यक्रममा जानकारी दिइयो । 

कार्यक्रम संयोजक अर्चना प्रधानले महिलाको अस्तित्व नस्विकारेसम्म समाज सुसभ्य र सुसंस्कृत हुन नसक्ने बताउनुभयो । कार्यक्रमका सहसंयोजक मिलन थापाले पोखराका विभिन्न क्षेत्रमा रहेका महिला र विभिन्न आमा समूहमा आबद्ध महिलालाई आफ्नो क्षेत्रमा अझै क्रियाशील बनाउन महिला गोष्ठीको आयोजना गरेको बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x